मुख्य समाचार

    डोटीकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

    नवलपुर टुडे
    २०७९ मंसिर १४ | मध्यान्ह ०४:०८ बजे

      दिपायल, मंसिर १४ । दिपायल डोटीकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

      उच्च रक्तस्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका–५ लाना केदारेश्वर कि २७ वर्षीया अमृतादेवी बोहराको आज हेलिकप्टरबाट उद्धार गरिएको बडिकेदार गाउँपालिका–५ का वडासदस्य भीमबहादुर बोहराले बताए ।

      सोमबार साँझदेखि सुत्केरी बेथा लागेकी बोहराले बच्चा जन्माउन नसकेपछि रन्तोला सामुदायिक स्वास्थ्य इकाई लाना रन्तोलामा लगिएको थियो । उच्च रक्तस्राव भएपछि उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी विभिन्न निकायको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो ।

      राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरी महिलालाई विभिन्न समयमा हेलिकप्टरमार्फत उद्धार गर्ने गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिए । रासस

        कमेन्टहरु