बिश्व

    चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

    नवलपुर टुडे
    २०७९ मंसिर १४ | मध्यान्ह ०३:०८ बजे

      काठमाडौँ, मंसिर १४ । चीनका पूर्वराष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव जियाङ जेमिनको निधन भएको छ ।

      जेमिनको रक्त क्यान्सरका कारण ९६ वर्षको उमेरमा निधन भएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । उनको उपचारकै क्रममा बुधबार दिउँसो १२:१३ बजे सांघाईमा निधन भएको जनाइएको छ ।

      जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति थिए ।

        कमेन्टहरु