देश

    स्याङ्जा २ र बाजुरामा पुन: मतदान नहुने, मतगणना सुरु गर्न आयोगको निर्देशन

    नवलपुर टुडे
    २०७९ मंसिर १४ | मध्यान्ह ०२:०८ बजे

      काठमाडौँ, मंसिर १४ ।  स्याङ्जा २ र बाजुरामा पुन: मतदान नहुने भएको छ । बुधबार बसेको आयोगको पदाधिकारीहरुको बैठकले ती दुई स्थानमा मतगणना सुचारु गर्न निर्देशन दिइएको हो ।

      स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराका केही मतदान केन्द्रमा भएको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा आयोग पदाधिकारीबीच भएको छलफलले मतगणना गर्ने निष्कर्ष निकालेको हो । आयुक्तहरुबीच मतगणना गर्ने कि मतदानमा जाने भन्ने विषयमा विवाद भएको थियो ।

      स्याङ्जा २ चापाकोट नगरपालिकाका चारवटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका थिए । ती ४ बुथमा अस्वाभाविक मत खसेको र प्रहरी प्रशासन पनि मुकदर्शक बनेको प्रतिपक्षको आरोप छ ।

      त्यस्तै बाजुरामा मतदानको दिन झडप हुँदा मानवीय क्षतिसमेत भएको थियो । सहसचिव तुलसी श्रेष्ठ नेतृत्वको टोली शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमा पुगेर यहाँ स्थलगत अध्ययनसमेत गरेको थियो ।

        कमेन्टहरु