देश

    सुनसरी–४ मा कांग्रेसको अग्रता कायम

    नवलपुर टुडे
    २०७९ मंसिर १४ | बिहान ०९:०८ बजे

      सुनसरी, मंसिर १४ । सुनसरी क्षेत्र नंं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।

      सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका हुन् । पछिल्लो मतपरिणाम अनुसार उनले २६ हजार ५६३ मत पाएका छन् । 

      यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार जगदीश कुसियैतले २६ हजार २३५ मत पाएका छन् । दुईबीच ३२८ को मत अन्तर रहेको छ । 

      उक्त क्षेत्रमा शनिबारदेखि रोकिएको मतगणना मंगलबार दिउँसोबाट सुरु भएको हो । 

        कमेन्टहरु