देश

    मोरङमा सवारीको ठक्करबाट साइकलयात्रीको मृत्यु

    नवलपुर टुडे
    २०७९ मंसिर १४ | बिहान ०९:०८ बजे

      मोरङ, मंसिर १५ । मोरङमा पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट मंगलबार राति साइकलयात्रीको मृत्यु भएको छ । जिल्लाको कानेपोखरी गाउँपालिका–७ मा दुर्घटनामा हुँदा पथरीशनिश्चरे नगरपालिका–१० का ४३ वर्षीय युवराज खत्रीको मृत्यु भएको हो ।

      मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार साइकलमा पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गर्दा पहिचान नखुलेको सवारीसाधनले राति ९:३० बजेतिर ठक्कर दिँदा खत्री गम्भीर घाइते भएका थिए । 

      उद्धार गरेर उपचारका लागि पथरी अस्पताल पुर्‍याइएका उनलाई राति १०:१५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । ठक्कर दिएर फरार भएका सवारीसाधनको खोजी र पहिचानका लागि प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक कार्कीले बताए । 

        कमेन्टहरु