देश

    सप्तरीमा बेपत्ता राउतको शव पोखरीमा भेटियो

    नवलपुर टुडे
    २०७९ मंसिर १४ | बिहान ०८:०८ बजे

      सप्तरी, मंसिर १४ । सप्तरीमा एक जनाको हत्या भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको हो ।

      उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा फेला परेको छ । हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशकुमार सिंहले बताए ।

      उनी सोमबारदेखि बेपत्ता थिए । राउतको खोजी गरिदिन उनका परिवारले प्रहरीलाई अनुरोध गरेका थिए । मंगलबार पोखरीमा उनको शव फेला परेको थियो ।

      ‘तालिमप्राप्त कुकुरको घटनाको अनुसन्धान अघि बढाएका छौँ’, उनले भने । रासस

        कमेन्टहरु