सुनसरी–४ मा संचारमन्त्री कार्कीलाई १३६ मतको अग्रता

नवलपुर टुडे
२०७९ मंसिर १३ | मध्यान्ह ०५:०८ बजे

सुनसरी, मंसिर १३ । सुनसरी–४ मा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादर कार्कीले अग्रता कायमै राखेका छन् ।
गएको शनिबारदेखि रोकिएको मतगणना आज अपराह्नदेखि सुरु भएको हो । पछिल्लो मतपरिणामअनुसार संचारमन्त्री समेत रहेका कार्कीले २३ हजार ५४० मत ल्याएका छन् । नेकपा एमालेका जगदिश कुसियैतले २३ हजार ४०४ मत ल्याएका छन् ।
उनीहरुबीच १३६ मतको अन्तर रहेको छ । यसअघि ९८ मतको फरक थियो ।





