सप्तरीमा घाँटी रेटिएको अवस्थामा पुरूषको शव फेला

नवलपुर टुडे
२०७९ मंसिर १३ | मध्यान्ह ०१:०८ बजे

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका १ स्थित बैरवामा घाँटी रेटिएको अवस्थामा एक पुरूषको शव फेला परेको छ ।
कञ्चनरुप नगरपालिका – १ बैरवा निवासी अन्दाजी ४८ वर्षिय पप्पु भनिने सञ्जय राउतको घाँटी रेटिएको अवस्थामा घर नजिकै रहेको पोखरीमा शव भेटिएको हो । घटनाको प्रकृति हेर्दा घाँटी रेटेर हत्या गरिएको देखिएको इलाका प्रहरी कार्यालय कञ्चनरुप प्रहरी नायव उपरीक्षक रामकुमार यादवले जानकारी दिए ।
उनका अनुसार थप अनुसन्धान सुरु गरिएको छ । मृतत राउतले गाउँमा व्याजमा पैसा लगानी गर्ने काम गरेको स्थानीयले बताएका छन् ।





