मधेश प्रदेश

    नवराजपुर गाउँपालिकामा गुन्डा राज सरकारी गाडी दुरुपयोग, प्रहरी प्रशासन बेखबर

    नवलपुर टुडे
    २०७९ मंसिर १२ | मध्यान्ह ०९:०८ बजे

      सिरहा । सिरहाको नवराजपुर गाउँपालिकामा व्यापक रूपमा सरकारी गाडीको दुरुपयोग हुने गरेका छन्। गाउँपालिका अध्यक्ष शिव उदगार यादवले गाउँपालिकाको अध्यक्ष बने लगत्तै पालिकामा गुन्डा गर्दी हुन् लागेका स्थानीयहरुले व्यापक रूपमा गुनासो गरेका छन्।

      स्थानीयहरुका अनुसार गाउँपालिका गुन्डागर्दीको अखडा नै बनेका छन्। उनी अध्यक्ष बने लगत्तै सरकारी गाडीको व्यापक रूपमा दुरुपयोग हुने गरेका छन्। स्थानीय सरकार भनेको जनताको सेवक हो । तर, नवराजपुर गाउँपालिकामा ठिक उल्टो भएका छन्।

      जनताबाट निर्वाचित अध्यक्ष शिव उदगार यादवबाट जनताले के प्रत्याभूति गर्छन । उल्टै जनतामा त्रास र ज्यानको सुरक्षा नरहेको बताए । दिन प्रतिदिन पालिकाको सरकारी गाडी र मोटर साईकल आफनै छोरा लगायत गाउँपालिकाका लेहेङ्गरा केटाहरुले प्रयोग गर्ने गरेका देखिन्छ।

      भर्खरै सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन र प्रदेश सभा सदस्यको निर्वाचनमा सरकारी गाडी र मोटरसाईकल व्यापक रूपमा दुरुपयोग भएको थियो र प्रमुख जिल्ला अधिकारी लाल बाबु कवाडी र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख अर्जुन तिमल्सिनासमेत बेखबर रहेको छ । सरकारी गाडिको दुरुपयोग गर्ने स्थानीय सरकार प्रमुखलाई कार्वाही गर्न नसक्ने प्रहरी प्रसाशन किन बेखबर भएका छन्।

      दिन प्रतिदिन सरकारी गाडीको दुरुपयोग अफिस बाहेक ब्यक्तिगत काममा गाडी प्रयोग गर्ने गरेका छन् । सोमबार १२ गते बिवाह पंचमिका दिन साझ करिब ५ बजेको समयमा गाउँपालिका अध्यक्ष शिब उदगार यादवको छोरा र स्थानीय डम्बर यादवको कान्छो छोरा विवेक यादव र परिचय खुल्न नसकेको स्थानीय लेहेङ्गरा केटाहरुले एउटै मोटरसाईकलमा सवार भएर सखुवानान्कारकट्टी गाउँपालिका वाडा नम्बर ५ ईटहर्वा गाउँमा फेला परेका थिए । अध्यक्ष यादबको गैरजिम्मेवारीको कारण पालिकाको सरकारी गाडी दुरुपयोग हुने गरेका छन्।

      नजिकै रहेको सिमा प्रहरी चौकी झाझपटीका सशस्त्र प्रहरी र नेपाल प्रहरीहरुले दिन दिन्नै दुरुपयोग हुने गरेको पालिकाको सरकारी गाडी नियन्त्रणमा लिन नसकिने प्रहरी प्रशासनहरुले सत्ताको डरले मुख दर्शक भएका छन् ।जनताको करबाट खरिद गरिएको सरकारी गाडी व्यापक रूपमा दुरुपयोग गर्ने गरेका छन् । स्थानीयका अनुसार आफुहरुले अध्यक्ष शिव उदगार यादवलाई मत दिएर पछुतो भएकोसमेत बताउँछन्।

      सरकारी गाडी व्यापक दुरुपयोग हुन् थाले पछि स्थानीय जनताहरुको ध्यानाकर्षण भएका छ्न । स्थानीय युवाहरूले सरकार गाडीमा रोक लगाएर पछि लेहेङ्गरा केटाहरुसंग भनाभन हातपातसमेत भएका थिए ।दुरुपयोग गरेको गाडीको तस्विर खिंच्दा पत्रकार प्रदिप सिंह माथी आक्रमण र गाली गलौज, दूर ब्यवहार हातपातसमेत गरेका थिए ।

        कमेन्टहरु