समाचार

    विनोद चौधरीद्वारा नवलपरासीमा ५ सय बिपन्न परिवारलाई न्यानो कपडा वितरण

    नवलपुर टुडे
    २०७९ मंसिर १२ | मध्यान्ह ०७:०८ बजे

      नवलपरासी, मंसिर १२ । हालै सम्पन्न निर्वाचनमार्फत नवलपरासी (ब.सु.प.) क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले निर्वाचन क्षेत्रका विपन्न परिवारलाई न्यानो कम्मल वितरण गरेका छन् ।

      निर्वाचनमा विजय भए लगत्तै जनताका समस्या समाधानमा क्रियाशिल रहेका चौधरीले आँउदो जाडोलाई मध्यनजर गरि मुसहर बस्तीका विपन्न ५ सय परिवारलाई न्यानो कपडा वितरण गरेको हो ।

      नवलपरासीको काठवा, प्रतापपुर, रतनगंज, सक्करदिनै, नर्सही, जगनाथपुरा, कुडिया, महलबारी, तेलाहा, धर्मौली लगायतका स्थानका अति विपन्न मुसहर समुदायलाई न्यानो कपडा कम्बल वितरण गरेका हुन ।

      बर्दघाट नगरपालिका – १५ तेलाहका सरोज मुसहरले कम्बल पाएपछि प्रसन्नता प्रकट गरे । उनी भन्छन्, ‘चुनाव जित्ने वित्तिकै जनताको समस्यामा सहयोगी बन्न आएकोमा सांसद चौधरीलाई कृतज्ञता दिए । सुस्ता- २ गुदरियाका सुरेन्द्र मुसहरले विनोद चौधरीलाई जनताको नेता भन्दै जाडो छल्न सघाएकोमा धन्यवाद दिए । ‘हामीले गास काटेर जाडोको कपडा किन्न सक्दैनथ्यो । हरेक वर्ष न्यानो कपडाको कमीले धेरैले ज्यान गुमाउने र विमारी हुने समस्या थियो’, उनले भने, ‘यो वर्षको जाडोमा भने हाम्रो लागी न्यानो लिएर भगवानको रुपमा बिनोद चौधरी आएको भान भएको छ ।’

      प्रतिनिधिसभाका सांसद विनोद चौधरीले नवलपरासी क्षेत्र नं. १ भारी मतले बिजय भएका थिए । जाडो मौसममा न्यानोबाट बञ्चित हुन पुगेका आफ्नो निर्वाचन क्षेत्रका मुसहर समुदायलाई न्यानो कपडा उपलब्ध गराएका हुन् । यसबाट चुनावमा उम्मेदवारले जितेपछि गाउँ नफकर्ने परम्परा चौधरीले तोडेकोमा स्थानिय हर्षित देखिए ।

      सुस्ता महलबारीका एक स्थानियले विनोद चौधरीले न्यानो कपडा मात्र नभई न्यानो सन्देश पनि प्रदान गरेको बताए । विगतका समयमा चुनाव जितेका उम्मेदवारहरु गाउँ नआउने परिपाटीमा पनि विनोद चौधरीले परिवर्तन ल्याएको सन्देश दिएको उनले बताए ।

        कमेन्टहरु