मुख्य समाचार

    धनकुटाको मूलघाट केन्द्रविन्दु भएर भूकम्प

    नवलपुर टुडे
    २०७९ मंसिर १२ | मध्यान्ह १२:०८ बजे

      काठमाडौँ, मंसिर १२ । धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ ।

      राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर तीन दशमवल सात रेक्टरस्केलको भूकम्प गएको थियो ।

      केही दिन पहिले पश्चिम नेपाल केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए । रासस

        कमेन्टहरु