देश

    समानुपातिकमा एमाले–कांग्रेस दूरी बढ्दै, नेकपा एस एक स्थान तल झर्‍याे

    नवलपुर टुडे
    २०७९ मंसिर १२ | बिहान ०९:०८ बजे

      काठमाडौ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालले नेपाली कांग्रेसको भन्दा १ लाख ३१ हजार बढी मत बटुलेको छ । सोमबार बिहानको पछिल्लो गणना अनुसार एमालेले २५ लाख १६ हजार ५९२ मत पाउँदा कांग्रेसको खातामा २३ लाख ८५ हजार १०३ मत चढेको छ । 

      तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीले रफ्तार बढाएको छ । रास्वपाको १० लाख ५९ हजार ७६ मत पुगेको छ भने माओवादी केन्द्रको १० लाख ५१ हजार १४३ मत छ ।

      राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४४ हजार १४८ मतका साथ पाँचौँ स्थानमा रहँदा जनता समाजवादी पार्टी ३ लाख १७ हजार ४४ मत पाएर छैठौँ र जनमत पार्टी २ लाख ५४ हजार ६५७ मत पाएर साताैँ स्थानमा छ । त्यसै गरि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी २ लाख ४८ हजार ४१५ मतका साथ आठाैँ स्थानमा छ ।

      यसअघि जनमत पार्टी भन्दा अगाडि रहेकाे नेकपा एस अहिले पछि परेकाे हाे । नागरिक उन्मुक्ति पार्टीले २ लाख ३६ हजार ९८१ मत पाएको छ । 

        कमेन्टहरु