मुख्य समाचार

    दोलखाको पुनः मतदानमा तीन गुणा बढी सुरक्षाकर्मी खटाइने

    नवलपुर टुडे
    २०७९ मंसिर ११ | मध्यान्ह ०७:०८ बजे

      दोलखा । मंसिर ४ गते भएको निर्वाचनको मतदानका क्रममा दोलखाका विभिन्न बुथमा मतदातालाई मात्र नभएर जिम्मेवार कर्मचारीलाई समेत डर, धाक धम्की दिइ अवरोध सिर्जना गरिएको निर्वाचन आयोगको छानविन टोलीको निष्कर्ष आएको छ ।

      आयोगमा पेश भएको प्रतिवेदनमा विभिन्न मतदान केन्द्रमा अनधिकृत कब्जा भएको पाइएको भन्दै पुनः निर्वाचन गराउन सिफारिस गरेको हो । प्रतिवेदनमा अब पुनः मतदान गर्दा तीन गुणा बढी सुरक्षाकर्मी खटाउन भनिएको छ ।

      मंसिर १५ भित्र वैतेश्वरका तीन वडा र तामाकोशीको एउटा वडाका १० मतदान केन्द्रमा पुनः मतदान गराइँदैछ । गठबन्धन कार्यकर्ताले कब्जा गरेकामध्ये शैलुङ र कालिन्चोक, मेलुङका ३ मतदान केन्द्रमा भने पुनः मतदान नहुने भएको छ ।

        कमेन्टहरु