इलाम–१ बाट झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

नवलपुर टुडे
२०७९ मंसिर ११ | मध्यान्ह ०५:०८ बजे

इलाम, मंसिर ११ । इलाम क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उमेदवार महेश बस्नेत निर्वाचित भएका छन् ।
बस्नेतले पूर्वप्रधामनमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई २ हजार ६५४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । उनले २५ हजार ६९९ मत प्राप्त गर्दा नेता खनालले २३ हजार ४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यद्यपि जितहारको औपचारिक घोषणा भने समानुपातिकतर्फको मतगणना सकिएपछि मात्र गरिने बताइएको छ ।





