मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

नवलपुर टुडे
२०७९ मंसिर ११ | मध्यान्ह ०२:०८ बजे

जनकपुरधाम, मंसिर ११ । मधेस प्रदेश सरकारले भोलि मंसिर १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले सिताराम विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरुलाई शुभकामना व्यक्त गर्दै भोलि सार्वजनिक बिदा दिएको जानकारी गराएका हुन् ।
त्रेता युगमा माता सीता र भगवान श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जस्तै यो वर्ष पनि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सव आयोजना गरिएको छ । विवाह पञ्चमी महोत्सव अन्तर्गत आज माता सिताको मटकोर विधिको तयारी गरिदैँछ । आज ऐतिहासिक गंगासागर पोखरीमा सिताको मटकोर गरिनेछ ।
भोलि जानकी मन्दिर परिसरमा सीता-राम स्वयंम्वर अर्थात् विवाह समारोह गरिनेछ । त्रेतायुगको झझल्को दिने उक्त विवाहमा नेपाल-भारतका लाखौं श्रद्धालुहरु सहभागीता रहनेछ ।





