देश

    सुनसरी १ मा स्वतन्त्र पार्टीका गोमा तामाङको अग्रता कायमै

    नवलपुर टुडे
    २०७९ मंसिर ११ | बिहान ०९:०८ बजे

      धरान । सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङको अग्रता कायमै राखेका छन्। धरान उपमहानगरको मतगणना सकिएपनि तामाङले अग्रता कायमै राखेका हुन्।

      उनले १२ हजार ८ ५५ मत ल्याउँदा जनता समाजवादी पार्टीका नेता अशोक राईले १२ हजार ५०४ मत पाएका छन्।

      सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका माओवादीका मुक्साहांग मेन्यांवोले ९ हजार ९०० मत पाएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार धरानका पूर्व मेयर मनोज मेन्यांवोले ६ हजार ७२८ मत पाएका छन्।

        कमेन्टहरु