समाचार

    वरिष्ठ अभिनेता विक्रम गोखलेको निधन

    नवलपुर टुडे
    २०७९ मंसिर १० | मध्यान्ह ०४:०८ बजे

      काठमाडौं । वरिष्ठ चलचित्र तथा टेलिभिजन अभिनेता विक्रम गोखलेको निधन भएको छ । ७७ वर्षीय अभिनेताले आज पुनेको ‘दीनानाथ मंगेशकर अस्पताल’ मा अन्तिम सास लिएका हुन।

      गोखलेको नोभेम्बर ५ देखि नै दीनानाथ अस्पतालमा उपचार भइरहेको र ‘मल्टी अर्ग्यान फेलियर’ का कारण निधन भएको भारतीय मिडियाहरुले बताएको छ।

      मिडियाका अनुसार उनको पार्थिव शरीरलाई बाल गन्धर्व रंग मन्दिर लगिनेछ भने अन्तिम संस्कार वैकुण्ठमा गरिने छ ।

        कमेन्टहरु