सुनसरी-४ मा सञ्चार मन्त्री कार्कीलाई ७५ मतको अग्रता

नवलपुर टुडे
२०७९ मंसिर १० | बिहान ११:०८ बजे

सुनसरी, मंसिर १० । सुनसरी प्रतिनिधि सभा क्षेत्र नं ४ मा सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् ।
निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार उनले अग्रता लिएका हुन् । कार्कीले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका जगदिशप्रसाद कुसयैतलाई ७५ मतले पछि पारेका छन् ।
कार्कीले २१ हजार ६७८ मत पाएका छन् भने कुसियैतले २१ हजार ६०३ मत पाएका छन् । यसअघि कुसियैत अगाडि थिए ।





