तरुणदल सचिव अमर पौडेले दिए पदबाट राजिनामा

नवलपुर टुडे
२०७९ मंसिर ९ | मध्यान्ह ०९:०८ बजे

कपिलवस्तु । नेपाली काग्रेस तरुण दलका जिल्ला अमर पौडेलले पदबाट राजिनामा दिएका छन । गत मंसिर चार गते सम्पन्न निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउन नसकेको भन्दै उनले आफ्नो सामाजिक संजाल फेसबुकबाट तरुण दल जिल्ला सचिवको पदबाट राजिनामा दिएको जनाएका छन ।
पौडेलले आफ्नो फेसबुकमा यस्तो लेख्दै, राजिनामाको घोषणा गरेका हुन ।
नेपाली कांग्रेसको जिल्ला र स्थानीय नेतृत्वको नैतिकहिन र लज्जास्पद गतिविधिका कारण प्रतिनिधि र प्रदेश सभामा दुःखद हारको तितो अनुभवका साथ म नेपाल तरुण दलको जिल्ला सचीव (निर्वाचित) पदमा रहेर पनि पार्टीलाई बिजय गराउन नसकेको हुँदा संगठनको जिम्मेवारीलाई बहन गर्न असफल भएको महसुस गर्दै तरुण दलको सचिव पदमा नरहेको जानकारी गराउन चाहान्छु । अमर पौडेल उनले भनेका छन ।





