देश

    काभ्रे २ बाट एमालेका गोकुलप्रसाद बाँस्कोटा निर्वाचित

    नवलपुर टुडे
    २०७९ मंसिर ९ | मध्यान्ह ०१:०८ बजे

      काभ्रे, मंसिर ९ । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले) का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित भएका छन् ।

      बाँस्कोटाले निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई पाँच हजार आठ सय ६३ मतान्तरले हराउँदै विजयी भएका हुन् । उनले ४५ हजार तीन सय ४५ मत प्राप्त गरेका छन् भने हुमागाईंले ३९ हजार चार सय ८२ मत प्राप्त गरेका छन् ।

      यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार पाँच सय ८६ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा एक लाख तीन हजार तीन सय ९१ मत खसेको थियो ।

        कमेन्टहरु