चितवन-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकाल विजयी

नवलपुर टुडे
२०७९ मंसिर ८ | मध्यान्ह ०४:०८ बजे

चितवन, मंसिर ८ । चितवन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् । नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन् ।
ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गरेका छन् भने पाण्डेले २६ हजार छ सय आठ मत प्राप्त गरे । यस्तै नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार नौ सय नौ मत प्राप्त गरे ।
सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । जसमध्ये तीन हजार छ सय २१ मत बदर भई ९१ हजार चार सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ ।





