देश

    झापा ३ मा राजेन्द्र लिङदेन विजयी

    नवलपुर टुडे
    २०७९ मंसिर ८ | मध्यान्ह ०४:०८ बजे

      झापा, मंसिर ८ । झापा क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन विजयी भएका छन् । बिहीबारको अन्तिम मत परिणामअनुसार लिङ्देन ४० हजार ६४८ मतसहित निर्वाचित भएका हुन्

      उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण सिटौलाले ३७ हजार ३७२ मत ल्याएका छन् । लिङ्देनले तीन हजार २७६ मतको अन्तरले जीत हासिल गरेको हो ।

      यसअघिको निर्वाचनमा पनि लिङदेनले यही क्षेत्रबाट सिटौलालाई पराजित गरेका थिए ।

        कमेन्टहरु