देश

    मकवानपुर १ मा कमल थापा र डीना उपाध्यायलाई हराउँदै राप्रपाका दिपक सिंह निर्वाचित

    नवलपुर टुडे
    २०७९ मंसिर ८ | मध्यान्ह ०१:०८ बजे

      हेटौंडा, मंसिर ८ । मकवानपुर प्रतिनिधिसभा–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपकबहादुर सिंह निर्वाचित भएका छन् । सिंह २ हजार ३९३ मतान्तरले निर्वाचित भएका हुन् । 

      उनले २७ हजार ८१४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले २५ हजार ४३४ मत प्राप्त गरिन् । यस्तै नेकपा एमालेको सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापा २५ हजार ४२० मत प्राप्त गर्दै तेस्रो भए ।

      प्रतिनिधिसभा, संविधानसभा र हेटौँडाका मेयर गरी चार पटक निर्वाचनमा पराजित भएका सिंहले यो पटक भने राजनीतिका दिग्गज खेलाडी थापा र गठबन्धनका बलियो उम्मेदवार डिनालाई हराउँदै संसदको यात्रा तय गरेका हुन् । 

        कमेन्टहरु