देश

    नवलपुर १ बाट डा.शशांक कोइराला निर्वाचित

    नवलपुर टुडे
    २०७९ मंसिर ८ | मध्यान्ह ०१:०८ बजे

      नवलपुर, मंसिर ८ । नवलपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रसका पूर्वमहामन्त्री डा.शशांक कोइराला निर्वाचित भएका छन् ।

      बिहीबार सकिएको मतगणनाअनुसार कोइराला २७ हजार ६७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण पौडेलले २५ हजार ४७ मत ल्याएका छन् ।

      त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३०५ मत ल्याउँदै तेस्रो स्थान बनाएका छन् ।

        कमेन्टहरु