दाङ-२ मा एमाले महासचिव पोखरेललाई हराउँदै माओवादी नेता शर्मा विजयी

नवलपुर टुडे
२०७९ मंसिर ८ | बिहान ११:०८ बजे

दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माओवादी नेता रेखा शर्मा विजयी भएकी छिन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी नेता रेखा शर्मा २ सयभन्दा कम मतान्तरले विजयी भएकी हुन् । मतपरिणामको औपचारिक घोषणा भने हुन बाँकी छ ।
त्यस्तै एमाले महासचिव शंकर पोखरेल दोस्रो स्थानमा रहे । शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार १ सय ८९ मत प्राप्त गरे । दुई नेताबीचको अन्तर १९६ मत रहेको छ ।





