ताप्लेजुङबाट नेकपा एमालेका सचीव योगेश भट्टराई विजयी

नवलपुर टुडे
२०७९ मंसिर ७ | मध्यान्ह ०२:०८ बजे

ताप्लेजुङ, मंसिर ७ । ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन् ।
भट्टराईले निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ९ मतले पछि पार्दै विजयी भएका हुन् । उनले २१ हजार ९ सय ४२ प्राप्त गरेका छन् ।
यस्तै माओवादी केन्द्रका बुढाक्षेत्रीले २१ हजार ७ सय ३८ मत पाएका छन् । निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी छ ।





