ललितपुर ३ मा स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी

नवलपुर टुडे
२०७९ मंसिर ७ | बिहान ०८:०८ बजे

ललितपुर, मंसिर ७ । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन् ।
सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाइन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए ।
सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन् । भुसाल अहिले ऊर्जा मन्त्री छन् ।





