देश

    तनहुँ-१ मा रामचन्द्र पछि परे, एमालेका एकबहादुरले लिए अग्रता

    नवलपुर टुडे
    २०७९ मंसिर ६ | मध्यान्ह ०३:०८ बजे

      तनहुँ, मंसिर ६ । तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछाडि परेका छन् ।

      दिउँसो ३ बजे सार्वजनिक ९७५६ मत गणनाअनुसार पौडेल एमालेका एकबहादुर राना भन्दा १३२ मत पछाडि परेका हुन् । एकबहादुरले ३३४२ र पौडेलले ३२१० मत ल्याएका छन् ।

      यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले १ हजार २९० र राप्रपाका विनोद कुमार घर्तीले ५२२ मत पाएका छन् । यो क्षेत्रमा ६६ हजार ९६५ मत खसेको छ ।

        कमेन्टहरु