देश

    काठमाडौं ४ मा भारी मतान्तरले गगन थापा विजयी

    नवलपुर टुडे
    २०७९ मंसिर ६ | बिहान ११:०८ बजे

      काठमाडौं, मंसिर ६ । काठमाडौं-४ बाट कांग्रेस महामन्त्री गगन थापा करिब साढे ७ हजारको मतान्तरले विजयी बनेका छन् । प्राप्त विवरण अनुसार थापाले २१ हजार २९४ भोट ल्याउँदै जित निश्चित गरेका छन् ।

      उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८५३ मत ल्याएका छन् । यद्यपि निर्वाचन आयोगले भने औपचारिक रुपमा मतगणनाको अन्तिम विवरण सार्वजनिक गरिसकेको छैन । जित निश्चित भएसँगै गगन थापा मतगणनास्थलमा आएका छन् ।

      अघिल्लो चुनावमा पनि यस क्षेत्रबाट भट्टराईलाई हराउँदै गगन विजयी भएका थिए । गगनले चुनाव जितेसँगै प्रधानमन्त्री पदमा दाबी गर्ने बताइरहेका छन् ।

        कमेन्टहरु