झापा ३ मा लिङ्देन अगाडि, सिटौला पछि पछि

नवलपुर टुडे
२०७९ मंसिर ५ | मध्यान्ह ०५:०८ बजे

झापा । झापा क्षेत्र नम्बर ३ को मतगणना जारी रहेको छ ।
हालसम्म २ हजार ५२८ मत गन्दा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् ।
यहाँ लिङ्देनले १२७४ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले ९९५ मत पाएका छन् ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले १०४ मत पाएका छन् ।





