देश

    झापा ३ मा सिटौलाको सुरुवाती अग्रता, लिङ्देन पछि

    नवलपुर टुडे
    २०७९ मंसिर ५ | बिहान ०९:०८ बजे

      झापा, मंसिर ५ । झापाको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाको मतगणना सुरु भएको छ ।

      मतगणनाको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले सुरुवाती अग्रता लिएका छन् । २०० मत गणना हुँदा सिटौलाले १०२ मत पाएका छन् भने उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले ४२ मत पाएका छन् । 

      यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले ३६ र स्वतन्त्र उम्मेदवार योगेन्द्र खनालले ११ मत पाएका छन् । मतगणना बिहान ८ बजेदेखि सुरु भएको हो ।

        कमेन्टहरु