देश

    बैतडीमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेकाे जीप दुर्घटना, ४ प्रहरीको मृत्यु

    नवलपुर टुडे
    २०७९ मंसिर ५ | बिहान ०८:०८ बजे

      बैतडी, मंसिर ५ । बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जना प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

      पाटन नगरपालिका – ७ थुम भन्ने स्थानमा बा १ ८५४ नम्बरको जिप आज बिहान दुर्घटना हुँदा घटनास्थलमा ४ जनाको मृत्यु भएको हो । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार ४ जनाको शव निकालिसकेको र थप मृत्यु भएको पुष्टि हुन बाँकी छ ।

      जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । उक्त जिपमा १४ जना सवार थिए ।

        कमेन्टहरु