देश

    झापा क्षेत्र नम्बर–३ र ५ मा मतगणना सुरु हुँदै

    नवलपुर टुडे
    २०७९ मंसिर ५ | बिहान ०८:०८ बजे

      झापा, मंसिर ५ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनाका लागि झापामा तयारी पूरा भएको छ ।

      झापाको एक स्थानमा मतगणना सुरु भएको छ भने चार स्थानमा तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए । उनका अनुसार झापा क्षेत्र नम्बर–२ को गणना बिहान ३ः३० बजेदेखि सुरु भएको छ भने क्षेत्र नम्बर–३ र ५ को मतगणना बिहान ८ सुरु हुनेछ ।

      यस्तै, क्षेत्र नम्बर–१ र ४ को मतगणनाका लागि सर्वदलीय बैठक बस्न लागेको प्रमुख निर्वाचन अधिकृत नेपालले जानकारी दिए । जिल्लामा ६७.२७ मत खसेको जिल्ला निर्वाचन कार्यालयको प्रारम्भिक अनुमान छ । कार्यालयका अनुसार जिल्लाको कुल मतदाता संख्या ६ लाख ६३ हजार ३११ मध्ये चार लाख ४६ हजार २५५ मत खसेको छ ।

      निर्वाचन क्षेत्र नम्बर–१ मा ८७ हजार ३९६, क्षेत्र नम्बर–२ मा ८७ हजार ७२३, क्षेत्र नम्बर–३ मा ८९ हजार ६३७, क्षेत्र नम्बर–४ मा ७९ हजार तीन ३४९ र क्षेत्र नम्बर–५ मा एक लाख दुई हजार १५० मत खसेको सो कार्यालयले जनाएको छ । रासस

        कमेन्टहरु