समाचार

    मतदानको क्रममा भएको विवादलाई लिएर बाजुरामा विद्यार्थी नेताको हत्या

    नवलपुर टुडे
    २०७९ मंसिर ५ | बिहान ०७:०८ बजे

      बाजुरा, मंसिर ५ । बाजुरामा एक जना विद्यार्थी नेताको हत्या गरिएको छ । आइतबार राति घरभित्रै आक्रमण गरेर जिल्लाको त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या गरिएको प्रहरीले जनाएको छ । 

      दिउँसो वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर घरमा आक्रमण गर्दै उनीमाथि निर्घात कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए । उनी नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्षसमेत हुन् ।

      यस्तै आइतबार मतदानका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर २५ वर्षीय सुरेन्द्र अयडीको मृत्यु भएको थियो । उनी नेपाली कांग्रेसका कार्यकर्ता थिए ।

        कमेन्टहरु