रुकुम पूर्वमा ६१ प्रतिशत मत खस्यो

नवलपुर टुडे
२०७९ मंसिर ४ | मध्यान्ह ०६:०८ बजे

रुकुम । रुकुम पूर्वमा कुल ३४ हजार १ सय २२ मतदातामध्ये २१ हजार १ सय ४६ जना (६१ प्रतिशत) ले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरेका छन् ।
रुकुम पूर्वमा शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएको तर मतदाताको सहभागिता भने अघिल्ला निर्वाचनको तुलनामा कम रहेको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बताए । मतदानमा सहभागीमध्ये १० हजार ९ सय ११ महिला रहेका छन् भने, १० हजार २ सय ३५ जना पुरुष रहेका छन् ।
जम्मा ४४ मतदान स्थल र ५६ मतदान केन्द्र रहेको रुकुम पूर्वमा यतिबेला मतपेटिका संकलन गर्ने र जिल्ला सदरमुकाम ल्याउने तयारी भइरहेको प्रजिअ सुनुवारको भनाइ छ । उनका अनुसार सबै केन्द्रबाट मतपेटिका आएपछि मात्रै मतगणणाको काम सुरु गरिने छ । यद्यपि कति बेला मत गणना सुरु गर्ने भन्ने बारे यकिन भइसकेको छैन ।





