कैलालीमा ६१ प्रतिशत मत खस्यो

नवलपुर टुडे
२०७९ मंसिर ४ | मध्यान्ह ०६:०८ बजे

धनगढी । कैलालीमा ६१ प्रतिशत मत खसेको छ। बेलुकी ५ बजेसम्म ६१.१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
साझ ५ बजेभित्र मतदान स्थल पुगेका मतदाताले पछिसम्म पनि मतदान गरेकाले खसेको मतको एकिन विवरण आउन बाँकी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिए।
उक्त अवधिभित्र सबैभन्दा बढी क्षेत्र नम्बर ३ मा ६२.३ प्रतिशत मत खसेको छ भने क्षेत्र नम्बर १ मा ५९.६ प्रतिशत, २ मा ५८.२ प्रतिशत, ४ मा ६१.९ प्रतिशत र क्षेत्र नम्बर ५ मा ६२.३ प्रतिशत मत खसेको विवरण प्राप्त भएको सूचना अधिकारी चौधरीले जानकारी दिए।
कुल खसेको मतको विवरणहरु संकलन भइरहेको उनले बताए। कैलालीमा पाँच लाख ३५ हजार ५१४ जना मतदाता रहेका छन्।





