बाजुराका तीन केन्द्रमा मतदान स्थगित

नवलपुर टुडे
२०७९ मंसिर ४ | बिहान ११:०८ बजे

बाजुरा । विवादका कारण बाजुराका तीनवटा केन्द्रमा मतदान रोकिएको छ ।
बूढीगंगा नगरपालिका– ८, बूढीनन्दा– ५ र स्वामिकार्तिक खापर गाउँपालिका– ४ को एक–एक गरी तीनवटा केन्द्रमा मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी सूर्य थापाले जानकारी दिए ।
दलहरूबीच विवाद उत्पन्न विवादका कारण मतदान प्रक्रिया स्थगित भएको उनले बताए । सहमति गरेर मतदान अघि बढाउने प्रयास भइरहेको जनाइएको छ ।





