देश

    सिरहामा जसपा र नेकपा एसका कार्यकर्ताबीच औँलामा लगाइने रंगमा विवाद, मतपेटिका खोसाखोस

    नवलपुर टुडे
    २०७९ मंसिर ४ | बिहान ११:०८ बजे

      जनकपुरधाम, मंसिर ४ । सिरहाको कर्जन्हा नगरपालिका(६ जनता माध्यमिक विद्यालय बडहरामाल मतदान केन्द्रमा झडप भएको छ ।

      मतदान गर्ने व्यक्तिको औँलामा लगाइने संकेत (रंग) कुन ठाउँमा राख्ने विषयमा विवाद भएपछि जसपा र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

      सो क्रममा प्रहरीले हवाई फायर गरेका छन् । सिरहाका एसपी अर्जुनप्रसाद तिमल्सिनाले रंग राख्ने विषयमा मतपेटिका तानातान भएपछि प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको जानकारी दिए ।

      उनका अनुसार मतदान सुरू हुनुअगावै तनाव सृजना भएपछि प्रहरीले हवाइफायर गरेको थियो । १५ मिनेटमै मतदान सुरू भयो । अहिले मतदान जारी छ ।

        कमेन्टहरु