देश

    रवि लामिछानेले गरे मतदान, प्रदेशसभाको मतपत्रमा लगाएनन् स्वस्तिक छाप

    नवलपुर टुडे
    २०७९ मंसिर ४ | बिहान ०७:०८ बजे

      काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेको छन् । उनले आइतबार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मत खसालेका हुन् ।

      लामिछानेले प्रत्यक्ष र समानुपातिक दुवैमा स्वस्तिक छाप लगाएपनि प्रदेश सभा सदस्यको मतपत्रमा स्वस्तिक छाप नलगाई मत खसालेका छन् । 

      चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार लामिछानेले आफूले आफैंलाई भने भोट हालेनन् । मतदाता नामावलीमा उनको नाम चितवनमा नभएकाले आफूले आफैंलाई मत हाल्न नपाएका हुन् ।

        कमेन्टहरु