नेपाल–भारत सीमानाका बन्द भएसँगै मेचीपुलमा आवतजावत गर्ने यात्रु अलपत्र

नवलपुर टुडे
२०७९ मंसिर २ | मध्यान्ह ०४:०८ बजे

झापा, मंसिर २ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि नेपाल–भारत सीमानाका बन्द गरिएपछि शुक्रबार नेपाल भारत जोड्ने मेची पुलमा आवतजावत गर्ने सर्वसाधारण अलपत्र परेका छन् ।
औषधि उपचार गर्न भारततर्फ हिँडेका, आँखाको उपचारका लागि नेपाल आएर भारत फर्कन लागेका, हवाईजहाज र रेलको टिकट बोकेका, भारतीय सेनामा कार्यरत नेपालीहरूको मेची पुलमा भीड लागेको छ ।
काँकडभिट्टा नाका भारतको पश्चिम बंगाल राज्यको पानीट्यांकीस्थित रानीगञ्ज नाकासँग सीमा जोडिएको छ । भारतसँग नेपालको खुला सिमाना १४४.०२ किलोमिटर छ ।





