देश

    दाङमा हतौडा प्रहार गरी श्रीमतीको हत्या

    नवलपुर टुडे
    २०७९ मंसिर २ | मध्यान्ह १२:०८ बजे

      दाङ, मंसिर २ । दाङमा हथौड़ा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बबई गाउँपालिका – १ क्युरेनीका ४० वर्षीय लालबहादुर बोटेले हतौडाले हानेर ३४ वर्षीय श्रीमती खुमी बोटेको हत्या गरेका हुन् ।

      लालबहादुरले खुमीलाई सुतेको समयमा हतौडाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । घटनापछि इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक मानबहादुर बिसीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेका थिए । प्रहरीले लालबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

      प्रहरी निरीक्षक बिसीले लालबहादुरले रिसको झोँकमा हतौडाले हानेको स्वीकार गरेका छन् । मृतक खुमीको शव पोष्टमार्टमाका लागि जिल्लातर्फ ल्याइएको उनले बताए । उनीहरुका बच्चाबच्ची भने अहिले मावली गएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन् ।

        कमेन्टहरु