समाचार

    सट्टेबाजी गरेको आरोपमा त्रिवि क्रिकेट मैदानबाट केही व्यक्ति पक्राउ

    नवलपुर टुडे
    २०७९ मंसिर २ | बिहान ११:०८ बजे

      काठमाडौं, मंसिर २ । काठमाडौको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजी गरेको आरोपमा प्रहरीले केही दर्शकलाई पक्राउ गरेको छ । नेपाल र युएईबीच जारी खेलमा दर्शक दीर्घामा बसेर बल टु बल सट्टेबाजी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

      बेटिङमा संलग्न रहेको आशंकामा ४० जनाभन्दा बढीलाई पक्राउ गरेकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बताएकाे छ । कीर्तिपुर प्रहरी वृत्तमा राखेर उनीहरुमाथी अनुसन्धान भइरहेको सीआईबी स्रोतले बतायो ।

      ‘नियन्त्रणमा लिएका सबै जना संलग्न नहुन सक्छन् । त्यही छुट्याउने काम भइरहेको छ’ सीआईबीका एक उच्च अधिकारीले भने । पक्राउ परेकाहरुबाट माेबाइल र रकम  बरामद गरिएकाे छ ।

        कमेन्टहरु