सुस्तामा काङ्ग्रेस नेता कलवार (सन्तु)काे जनलहर


नवलपरासी, मंसिर १ । नेपाली काङ्ग्रेसका नेता एवं निर्वाचन क्षेत्र न १ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार देवकरण प्रसाद कलवार(सन्तु)को जन लहर तिब्र रूपमा बढेको छ । नेता कलवारलाई आज सुस्ता गाउँपालिकामा घरदैलो कार्यक्रम गर्दा मतदाताहरुले बिशेष स्वागत तथा फुल माला अर्पण गरेका थिए ।
एउटा किसानको छोरो सधै किसानहरुको आवाजलाई बुलन्द पारेर किसानहरुको समस्यालाई आफ्नो समस्या ठानेर हिड्ने नेपाली काङ्ग्रेसका नेता कलवारको यतिखेर भने सुस्तामा जन लहर बढेको पाइन्छ । नेपाली काङ्ग्रेस सुस्ताले आयोजना गरेको घर दैलो कार्यक्रममा कलवारको प्रदेश सभा क्षेत्रका मतदाताहरु बढो उत्साहको साथमा घरदैलो कार्यक्रममा सहभागी भएका छन् ।
“हाम्रो नेता किसानको बिषयमा बोल्ने नेता सन्तु” भन्दै यसपालिको प्रदेश सभा निर्वाचनमा बिजयी बनाउन नेपाली काङ्ग्रेसका कार्यकर्ताहरु मैदानमा खटिरहेको छन् । नेता कलवारले आफू जनताको समस्यालाई आत्मसात गरेर उनीहरुको पिडालाई आफ्नो पिडा ठानेर आफ्नो राजनीतिक क्षेत्रमा लाग्ने बताएका छन् ।
नेता कलवार यतिखेर पश्चिम नवलपरासी निर्वाचन क्षेत्र न १ (ख) को प्रदेश सभा सदस्यको रूपमा बलियो उम्मेदवार मानिन्छ ।





