देश

    जुम्लामा मतदान केन्द्र जाँदै गरेको जीप दुर्घटना, मतदान अधिकृतसहित ६ जना घाइते

    नवलपुर टुडे
    २०७९ मंसिर १ | मध्यान्ह ०५:०८ बजे

      जुम्ला, मंसिर १ । जुम्लामा निर्वाचन सामग्री बोकेर मतदान केन्द्रतिर जाँदै गरेको बोलेरो जीप दुर्घटना भएको छ । खलङ्गादेखि तातोपानी ८ स्थित मतदान केन्द्र जनजागृति मावि ताम्ती जाँदै गरेको भे १ च २१८८ नम्बरको जीप तातोपानी ४ रावतबाडामा अनियन्त्रित भई दुर्घटना भएको हो ।

      दुर्घटनामा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने, नेपाल प्रहरीका सई सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र एकजना कार्यालय सहयोगी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी हवल्दार चन्द र प्रहरी जवान विष्टको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए ।

      अहिले घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकदेखि २० मिटर तल खसेको छ ।

        कमेन्टहरु