चुनावपछि केपी ओलीको नेतृत्वमा सरकार बन्ने कुनै सम्भावना छैन : माधव नेपाल


काठमाडौं, मंसिर १ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने कुनै सम्भावना नरहेको बताएका छन् । काठमाडौंको कोटेश्वरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेपालले जतिसुकै धक्कु लगाएपनि ओलीको नेतृत्वमा सरकार नबन्ने दावी गरेका हुन् ।
चुनावपछि पनि गठबन्धनको सरकार बन्ने उनले बताए । ‘यदि कसैमा छ भने त्यो सपना त्यागिदिए हुन्छ ’ नेपालले भने, ‘चुनावपछि गठबन्धनकै सरकार फेरि बन्दै छ । त्यसैले गठबन्धनको एकताबद्ध देखाउन तीन जना उम्मेदवारलाई भोट हाल्नुपर्छ । सबैले तलमाथि नगरौं गठबन्धनलाई भोट हालेर जिताउनुपर्छ ।’
कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नेता कार्यकर्ता शुभेच्छुकले ओन्सरीसहित तीनै जनालाई मतदान गर्न नेपालले आग्रह गरे । तर समानुपातिकतर्फ भने आआफ्नो पार्टीलाई मत हाल्न नेपालले सुझाव दिए । यस क्षेत्रबाट ओन्सरी घर्ती निर्वाचित भएपछि जनताका थुप्रै काम गर्ने उनले बताए ।





