देश

    डोटीमा मतदान अधिकृत सवार जीप दुर्घटना

    नवलपुर टुडे
    २०७९ मंसिर १ | मध्यान्ह ०२:०८ बजे

      डाेटी, मंसिर १ । डोटीमा निर्वाचन सामाग्री बाेकेर जाँदै गरेकाे जीप दुर्घटना भएकाे छ । बिहीबार बडीकेदार गाउँपालिका – ५ अत्तरकाँडामा जीप दुर्घटना भएको हो ।

      दुर्घटनामा परी मतदान अधिकृत दिनेश सिं रैखाेला घाइते भएका छन् । उनकाे अवस्था सामान्य रहेकाे छ । जिल्ला प्रहरी कार्यालय डाेटी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमालाका अनुसार सिलगढीबाट निर्वाचन सामाग्री र कर्मचारी बाेकेर बडिकेदार गाउँपालिका – ५ मार्काेटस्थित मतदान केन्द्र जाँदै गर्दा ब्रेकफेल भएर दुर्घटना भएकाे हाे ।

      साे जिपमा कर्मचारी, सुरक्षाकर्मी लगायत ११ जनाकाे टाेली सवार रहेकाे थियाे ।

        कमेन्टहरु