समाचार

    सर्लाहीको मंलगवाबाट २१० किलो गाँजा बरामद

    नवलपुर टुडे
    २०७९ मंसिर १ | मध्यान्ह ०२:०८ बजे

      सर्लाही, मंसिर १ । सर्लाहीको मलंगवाबाट सशस्त्र प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ ।

      मलंगवा नगरपालिका– ११ गमरियास्थित मलंगवा नवलपुर सडक खण्डबाट गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । विशेष सुराकको आधारमा सशस्त्रको बिओपी मलंगवाले प्रदेश ३–०१–००६ ख १७०४ नम्बरको ट्रकमा मिनरल वाटरको कार्टुनले छोपेर राखेको १४ पोका गाँजा फेला पारेको हो ।

      बरामद गाँजा र ट्रक आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

        कमेन्टहरु