मुख्य समाचार

    दाह्रा नभएको जङ्गली भाले हात्ती धानखेतमा मृत फेला

    नवलपुर टुडे
    २०७९ मंसिर १ | मध्यान्ह ०१:०८ बजे

      झापा, मंसिर १ । झापाको कचनकवलको घेराबारीमा हात्ती मृत फेला परेको छ । चारकोशे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका–१ स्थित घेराबारीका गङ्गा दाहालको धानखेतमा वयस्क भाले हात्ती मृतावस्थामा फेला परेको हो ।

      मृत फेला परेको हात्तीको दाह्रा नरहेको कचनकवल–१ का वडाध्यक्ष महावीर लिम्बू रञ्जितले जानकारी दिनुभयो । उहाँका अनुसार हात्तीको शरीरमा चोटपटक नदेखिए पनि दाह्रा छैन ।

      डिभिजन वन कार्यालयको टोली आएर परीक्षण गरेर त्यहीँ खाल्डो खनेर पुरिएको हो । जलथल जङ्गलमा एक दर्जन बढी हात्ती बस्दै आएका छन् । रासस

        कमेन्टहरु