मुख्य समाचार

    डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद

    नवलपुर टुडे
    २०७९ मंसिर १ | बिहान ११:०८ बजे

      रसुवा, मंसिर १ । सशस्त्र प्रहरी बल नेपाल ‘बिओपी’ टिमुरे रसुवाले झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

      बिहिबार बिओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ्ग कमाण्डको संयुक्त टोलीले भन्सार छलि सीमा इलाकाको अस्थाई ड्राईपोट रसुवामा राखिएको अवस्थामा सो सामान बरामद गरेको हो ।

      अवैध रुपले चोरीपैठारी गरी ल्याईएको सामानमा महंगा मदिरा, चुरोट लगायतका रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवालाई प्राप्त भएको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक गुरुङ्ग कमाण्डरको संयुक्त टोली त्यस ठाउँमा खटिएको थियो ।

      बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ । निर्वाचनको मौका छोपी हुन सक्ने अवैध क्रियाकलाप रोक्न उत्तरी सीमा नाकामा समेत सशस्त्र प्रहरी बल नेपालले विशेष निगरानी गरिरहेको छ ।

        कमेन्टहरु