देश

    शिक्षा, स्वास्थ्य, मल, राेजगार र क्षेत्रको विकासका लागि जप्रपालाई भाेट दिन आवश्यक छ : नेता मिश्र

    नवलपुर टुडे
    २०७९ मंसिर १ | बिहान ०९:०८ बजे

      कपिलवस्तु, मंसिर १ । कपिलवस्तु क्षेत्र नं. ३ का जनता प्रगतिशील पार्टीका उमेदवार ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) ले कपिलवस्तु क्षेत्र नं ३ को विकासको खाका आफूले नै कोर्ने बताएका छन् । उनले आफू लामो समयदेखि जिल्लाको तथा क्षेत्रको विकासमा योगदान दिँदै आएको तथा थप विकासको क्षेत्रमा अपरिहार्य आवश्यकता रहेकाले मैदानमा उत्रिएको बताए ।

      जिल्लाको क्षेत्र नं ३ चन्द्रौटा, कृष्णनगर, बहादुरगंज लगायतका ठाँउमा आयोजित घरदैलो तथा क्षेत्र नं ३ मा हजारौंको संख्यामा निकालिएको विशाल र्‍यालीमा बोल्दै नेता मिश्रले यस क्षेत्रको विकासमा आफू मन्त्री भएको बेलामा धेरै काम गरेको बताए । उ।ले राजनीतिक एजेन्डा लिएर जनतासँग जानुपर्ने भन्दै अनावश्यक र अराजनीतिक कुराले जनतलाई दिग्भ्रमित नर्पान समेत चेतावनी दिए ।

      आफूले क्षेत्रको विकासमा सभाहल, स्वास्थ्य चौकी, भवन निर्माण, कृषि, लगायतको क्षेत्रमा पहल गरेर बजेट ल्याएको तथा क्षेत्रको समृद्धि तथा विकासका लागि समेत जनताले कोदालो बोकेको किसान छापमा मतदान गरि जनता प्रगतिशील पार्टीलाई मतदान गर्नु पर्ने आवस्यकता रहेको बताए । यस क्षेत्रमा प्राविधिक शिक्षाको विकास गर्ने र विभिन्न पर्यटकीय ठाउँकाे गुरुयोजना अनुसार विकास गर्ने उनले बताए ।

      जनप्रतिधि बनेको व्यक्ति कहिल्यै पनि जनमतको अपमान हुने काम गर्न नहुने भन्दै जनप्रतिनिधिले जनताको मतको कदर गर्नुपर्ने नेता मिश्रले बताए । उनले आफू क्षेत्रको जनताको सुख, दुखमा सदैव साथ र सहयोगमा रहने पनि बताए । विकासमा आफूले जति काम विपक्षीले गर्न नसक्ने भन्दै आफू निर्वाचित भएपछि विकासका हरेक सम्भावना पहिचान गरि क्षेत्रलाई आर्थिक र सामाजिक रुपान्तरणमा अगाडि बढाउने उनले वाचा गरे ।

      photo 2022 11 17 09 03 23

      photo 2022 11 17 09 03 21

        कमेन्टहरु